Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेपालमा पनि अंपुन चक्रवातको असर

    पानीसँगै भारी हिमपात हुन सक्छ : महाशाखा

    पानीसँगै भारी हिमपात हुन सक्छ : महाशाखा

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा देखिएको अंपुन नामको शक्तिशाली चक्रवातको असर नेपालसम्मै पर्ने भएकाले सतर्कता आपनाउन आग्रह गरेको छ ।

    अहिले बंगालको खाडीको मध्य भागमा अंपुन नामको चक्रवात धेरै शक्तिशाली रुपमा विकसित हुँदै गएको र उक्त चक्रवात मंगलबार पूर्वी नेपाल प्रवेश गर्ने महाशाखाले उल्लेख गरेको छ ।



    त्यसले पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २, ३ दिनसम्म देशैभरि बदली भई केहि स्थानमा वर्षा हुने पनि महाशाखाले जनाएको छ ।



    त्यसैगरी महाशाखाले उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात र एक÷दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।

    महाशाखाका अनुसार मंगलबार बेलुकीदेखि पूर्वी भागमा वर्षा हुने छ । यद्यपी काठमाडौंको इमाडोल क्षेत्रमा भने अहिले केहीबेर ठूला–ठूला थाेपा पानी परेर राेकिएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार