Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

    थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा आइतबार दिउँसो थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६०३ पुगेको जनाएको हो ।



    पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज दिउसो कोरोना पुष्टि हुनेहरुमा मोरङका १, बाराका १, पर्साका ३, रौटहटका १, सर्लाहीका १, रुपन्देहीका ३, काठमाडौंका १, नुवाकोटका १, रुपन्देहीका ३, कपिलवस्तुका ३ र गुल्मीका १ जना रहेका छन् ।



    मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमण ४२ जिल्लामा फैलिसकेको छ ।

    नुवाकोटमा आज पहिलो पटक कोरोना संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।

    हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा १ र बाँकेमा १ र गुल्मीमा १ गरी ३ जनाको मृत्यु भएको छ भने ८७ जना निकाे भएर घर फर्केका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार