Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • उपत्यकामा थप ३ जनामा कोरोना पुष्टि

    उपत्यकामा थप ३ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १२ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । सोमबार विहान कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएकामध्ये ३ जना उपत्यकाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार उपत्यकामा आज विहान ७२ जनामा कोरोना पुष्टि भएको हो ।



    स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार काठमाडौंको टोखा नगरपालिका वडा नं. ३ र ६ मा १÷१ जना र बुढानीलकण्ठ नगपालिका–३ मा १ जनामा कोरोना संक्रमण देखिएको हो ।



    मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा टोखाका २७ र ४१ वर्षीय पुरुष र बूढानीलकण्ठका ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यससँगै नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार रौतहटका २६, बारा गढी माइ नगरपालिकाका २१, धनुषाका ३, कपिवलस्तुका ३, बारा कलैयाका २, सप्तरीका २, बर्दियाका १, बाँकेका ४, दैलेखका ७ गरी जम्मा ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

    हालसम्म नेपालमा १ सय ५ जना उपचारपछि घर फर्किसकेका छन् भने ३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार