Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • देशभर १ लाख ८१ हजार बढीमा कोरोना परीक्षण

    देशभर १ लाख ८१ हजार बढीमा कोरोना परीक्षण

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा हालसम्म १ लाख ८१ हजार ४ सय ८३ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६९ हजार ५ सय ८२ जनाको पिसिआर र १ लाख ११ लाख ९ सय १ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

    कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५३ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।



    गएको २४ घण्टामा १ सय ६६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ। जसमध्ये २ सय २० जना उपचारपछि डिस्जार्च भएका छन्। मृतकको संख्या ८ पुगेको मन्त्रालयले जनाएको छ।



    मुलुकभर हाल १ हजार ३ सय ४९ जना अस्पतालको आईसोलेनमा छन् भने १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार