Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • देशभर १ लाख ८५ हजार बढीमा कोरोना परीक्षण

    देशभर १ लाख ८५ हजार बढीमा कोरोना परीक्षण

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं। नेपालमा हालसम्म १ लाख ८५ हजार ६ सय ६० जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७१ हजार ९ सय ३ जनाको पिसिआर र १ लाख १३ हजार ७ सय ५७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

    कोरोनाको आशंकामा गएको २४ घण्टामा २ हजार ३ सय १० जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। सोमबार २ सय २६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ।



    जसमध्ये २ सय २१ जना उपचारपछि डिस्जार्च भएका छन्। मुलुकभर हाल १ हजार ५ सय ६९ जना अस्पतालको आईसोलेसन वार्डमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा १ सय ३८, प्रदेश २ मा ५ सय ८९, बागमतिमा १५, गण्डकीमा २३, प्रदेश ५ मा ५ सय ७०, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना आईसोलेसनमा रहेको प्रवक्ता देवकोटाले बताए।



    सोमबार डोटीमा पनि संक्रमित थपिएसँगै संक्रमित जिल्लाको संख्या ५९ पुगेको छ । मुलुकभर हाल १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार