Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सीमा विवाद: भारत-चीनबीच आरोप प्रत्यारोप

    सीमा विवाद: भारत-चीनबीच आरोप प्रत्यारोप

    अनलाइन नेपाल
  • मंगलबार, २ असार २०७७
  • 8K
    SHARES

    काठमाडौं । भारत- चीन सीमा विवादका कारण आरोप प्रत्यारोपमा उत्रिएका छन् । दुई देशको सीमा क्षेत्र लद्दाखमा भिडन्त हुँदा ३ भारतीय सैनिकले ज्यान गुमाएका छन् । घटनाको पुष्टि गर्दै भारत सरकारले भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भिडन्त भएको जनाएको छ ।

    घटनाका बारेमा दुवै देशले आआफ्नै दाबी गरेका छन् । भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा भिडन्त भएको जनाएको छ । त्यस्तै भारतीय पक्षले केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको जनाएको छ ।



    यता चीनले भने भारतीय सेना भारतीय भूमि छाडेर चिनियाँ भूमितर्फ अघि बढेपछि भिडन्त भएको जनाएको छ । चीनले भारतलाई तनाव बढ्ने गरी कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ। भारतीय सेनाले दुई देशका वरिष्ठ सैन्य अधिकारीहरूबीच विवाद समाधानका लागि वार्ता सुरु भएको बीबीसीले जनाएको छ ।



    भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत पराजित भएको थियो। चीनले आफ्नो ३८ हजार वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ।

    सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्। गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार