Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ५० हजार घुससहित कानुन व्यवसायी र इन्सपेक्टर पक्राउ

    ५० हजार घुससहित कानुन व्यवसायी र इन्सपेक्टर पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 4.9K
    SHARES

    धनगढी । ५० हजार घुस लिँदै गरेको अवस्थामा धनगढीबाट कानुन व्यवसायी र प्रहरी निरीक्षक पक्राउ परेका छन्।

    जवरजस्ती करणी सम्बन्धी मुद्दा र सार्वजनिक हितविरुद्धको मुद्दा मिलाइदिने भन्दै ५० हजार लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक र निजी कानुन व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको हो।



    पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय कैलाली मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक प्रकाश कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट रहेका छन्।



    कानुन व्यवसायी हिमालय बिक्रम विष्टको निजी कानुनी परामर्श केन्द्रमा दिउँसोको समयमा दुई वटा मुद्दा मिलाई दिने भन्दै ५० हजार घुस लिँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले बताए।

    उनका अनुसार कानुन व्यवसायी विष्टले विचौलियाको भूमिका खेलेको र घुस रकम बुझ्न प्रहरी निरीक्षक विष्ट पनि कानुन व्यवसायी संघकै फर्ममा पुगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार