Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पछिल्लो २४ घण्टाकाे काेराेना अपडेट : ७० जना संक्रमित थपिदा ४३१ डिस्चार्ज

    पछिल्लो २४ घण्टाकाे काेराेना अपडेट : ७० जना संक्रमित थपिदा ४३१ डिस्चार्ज

    अनलाइन नेपाल
  • शनिबार, २७ असार २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ३ हजार ६ सय ४८ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ७० जनामा संक्रमण पुष्टि भएको हो ।



    डा. गौतमका अनुसार थप ४ सय ३१ जना कोरोना निको भएर घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ ।



    याेसँगै हालसम्म कोरोना संक्रमित संख्या १६ हजार सात सय १९ पुगेको छ भने नेपालमा कोरोनाबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ।

    डा. गाैतमका अनुसार अहिले क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेका छन् । आइसोलेसन आठ हजार दुई सय ३९ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा चार सय ३१ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेको कुल संख्या आठ हजार चार सय ४२ रहेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना जित्नेको संख्या ५० प्रतिशत बढी पुगेको छ ।

    शुक्रबार १०८ , बिहीबार १०८, बुधबार २५५, मंगलबार २०४ र सोमबार १८० जनामा कोरोना संक्रमण देखिएको थियो। यसरी हेर्दा कोरोनाको ग्राफ घट्दो छ । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमण शून्य भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार