Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडाैँमा थपिए तीन काेराेना संक्रमित

    काठमाडाैँमा थपिए तीन काेराेना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । राजधानीको टोखा नगरपालिका-६, हरियाली बस्तीका ३ स्थानीयसहित ४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

    स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले गत साता समुदायमा कोराना भाइरसको संक्रमण छ कि छैन् भनि उपत्यकाका विभिन्न १२ स्थानबाट १/१ सयका दरले पीसीआर परीक्षणका लागि नमूना संकलन गरेको थियो । सो क्रममा टोखाको हरियाली बस्तीबाट समेत नमूना लिइएको थियो ।



    ईडीसीडीका एक कर्मचारिका अनुसार हरियाली बस्तीबाट १ सय बढीको नमूना ल्याइ जाँच गर्दा ३ जना स्थानीयसहित ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । १ जना कैलालीबाट आएर क्वारेन्टाइनमा बसेको व्यक्ति थिए भने ३ जना हरियाली बस्तीकै बासिन्दा हुन् ।



    ईडीसीडीले यसअघि कन्ट्याक्ट ट्रेसिङमा स्रोत नखुलेका विभिन्न स्थानका केसहरुलाई आधार मानी त्यस स्थानका कम्तिमा एक सयका दरले नमूना संकलन गरेको थियो। यसैबीच काठमाडौँ महानगरपालिका-२९ डिल्लीबजार क्षेत्रबाट संकलित २ सय वटा नमुनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

    स्थानीयमा संक्रमण भेटिन थालेपछि ईडीसीडीले समुदायमा कोरोना भाइरसको स्थिति अध्ययन गर्न ५ दिनभित्र उपत्यकामा ५ हजार जनाको पीसीआर परीक्षण गर्ने भएको छ । त्यसको लागि गत बिहीबारबाट स्वाब संकलनको काम सुरु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार