Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बारामा ४६ जनामा कोरोना संक्रमण

    बारामा ४६ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 2.1K
    SHARES

    वीरगञ्ज । बारामा ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएकाे छ। स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।

    ७४ वटा नमुना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । संक्रमित मध्ये ११ जना महिला र ३५ जना पुरुष छन् ।



    देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका ३, कलैया उपमहानगरपालिकाका ३ जना र धनकौलका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा गाउँपालिका अध्यक्षसहित ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ६ जना गाउँपालिकाका कर्मचारी, ६ जना स्वास्थ्यकर्मीको परिवारका सदस्य र बाँकी स्थानीय छन् ।



    देवताल गाउँपालिकाका क्वारेन्टिन ईन्चार्ज शिव साहका अनुसार सबैको स्वाब एकै ठाउँमा संकलन गरिएको थियो । ‘गाउँपालिकाको क्वारेन्टिन असार २३ गतेबाट बन्द भयो । अन्तिम पटक जनप्रतिनिधि र स्वास्थ्यकर्मी सबैको पीसीआर गराउँ भनेर गराएका थियौं’ उनले भने, ‘७१ जनाको स्वाब पठाएकोमा ४६ जनाको पोजेटिभ आयो ।’

    संक्रमितलाई कलैयास्थित आइसोलेसनमा ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए । ‘स्वाब दिएर पनि कतिपय बाहिर गएका रहेछन् । उनीहरुलाई सम्पर्कमा ल्याउने र आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार