Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, आज २५९ जनामा संक्रमण

    नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, आज २५९ जनामा संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपालमा आज थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    यस्तै पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको प्रवक्ता डा. गौतमले बताए । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार