Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • क्यानद्वारा प्रदेश र जिल्लालाई बजेट

    क्यानद्वारा प्रदेश र जिल्लालाई बजेट

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रदेश र जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएको छ । क्यानले ६ प्रदेश तथा २९ जिल्लालाई रकम उपलब्ध गराएको हो । हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् । प्रत्येक प्रदेशलाई एक लाख रूपैयाँका दरले बजेट उपलब्ध गराएको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले जानकारी दिए । क्यानले २९ जिल्लालाई भने ५० हजारका दरले बजेट उपलब्ध गराएको छ ।

    “बाँकी १० जिल्लालाई पनि रकम उपलब्ध गराउँछौँ”, उनले भने । जिल्लास्तरमा क्रिकेटको विकासका लागि बजेट उपलब्ध गराइएको हो । यसअघि क्यानले जिल्लालाई प्रतियोगिता सञ्चालन गर्नका लागि १० हजार रूपैयाँ सहयोग गर्दै आएको थियो । क्यानले कार्यालय सञ्चालन तथा प्रतियोगिता आयोजना गर्न जिल्लालाई एक लाख तथा प्रदेशलाई तीन लाखका दरले बजेट उपलब्ध गराउने योजना बनाएको छ ।



    हाललाई मुलुकका सात प्रदेशमध्ये क्रिकेट संरचनाअन्तर्गत कर्णाली प्रदेशलाई प्रदेश नं ५ मै राखिएको छ । कर्णाली प्रदेशको सुर्खेत मात्र क्यानमा आबद्ध छ । क्यानले प्रदेश र जिल्लालाई गरी कूल २० लाख ५० हजार रूपैयाँ निकासा गरेको सिंहले बताए । रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार