Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • काठमाडौंमा भोलिदेखि जोरबिजोर प्रणाली, राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

    काठमाडौंमा भोलिदेखि जोरबिजोर प्रणाली, राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 4.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। गृह मन्त्रालयले भोलिदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोररबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

    अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोररबिजोर प्रणाली लागू गरिएको गृहमन्त्रालयले जनाएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्न नदिन गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो ।



    त्यस्तै मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्न सबै जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई गृहले निर्देशन दिएको छ।



    साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै नाकाबाट सवारीसाधनको आवागमन बन्द गर्न यसअघी निर्णय गरेर लागू समेत गरिसकेको छ।

    त्यस्तै कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरि  गृह मन्त्रालयले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा यो नियम लागू गरिएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार