Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • वीरगन्जमा स्वास्थ्यकर्मीसहित १४३ जनामा कोरोना संक्रमण पुष्टि

    वीरगन्जमा स्वास्थ्यकर्मीसहित १४३ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । वीरगन्जमा आज थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे । अस्पतालको अस्थायी कोभिड संयोजक डा. उदयनारायण सिंहका अनुसार १४३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा सबैभन्दा जिल्ला प्रहरी कार्यालयका थुनुवा र कर्मचारीहरु छन् ।

    त्यसैगरी, एक निजी अस्पतालका चिकित्सक, नर्ससहित १५ जना संक्रमित भएका छन् । अन्य संक्रमितमा वीरगन्जका विभिन्‍न वडाका बासिन्दा रहेको उनले बताए । चारजना बारा र चारजना रौतहटका व्यक्तिसमेत संक्रमित रहेको अस्पतालले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार