Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपालमा पहिलोपटक संवैधानिक आयोगका प्रमुखलाई कोरोना संक्रमण

    नेपालमा पहिलोपटक संवैधानिक आयोगका प्रमुखलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 3K
    SHARES

    काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको परीक्षणका क्रममा प्रमुख आयुक्तलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नेपालमा पहिलोपटक संवैधानिक अंगका प्रमुखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । केही दिनअगाडि आयोगका प्रमुखका सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।



    प्रमुख आयुक्त अहिले घरमै आइसाेलेसनमा बसिरहेका छन् । अख्तियारमा मात्र ५० जना भन्दा बढी कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार