Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • थप ६ जनाको मृत्यु, काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १२६ पुग्यो

    थप ६ जनाको मृत्यु, काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १२६ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या १२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    बिहीबारकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको जानकारी दिए ।



    यस्तै नेपालमा पछिल्लाे २४ घण्टामा देशभर ७०७ जनामा संक्रमण पुष्टि भएको छ । याेसँगै संक्रमितको संख्या २९ हजार ६४५ रहेको मन्त्रालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार