Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • उद्धार उडानबाट फर्किएकाले एक साता क्वारेन्टिनमा बस्नुपर्ने

    उद्धार उडानबाट फर्किएकाले एक साता क्वारेन्टिनमा बस्नुपर्ने

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले उद्धार उडानबाट फर्किने नेपाली नागरिकलाई होल्डिङ सेन्टरबाट सिधै आ–आफ्नो प्रदेश जान नदिने निर्णय गरेकाे छ । गृह मन्त्रालयले आईतबार विज्ञप्ति जारी गरेरउद्धार उडानबाट फर्किने नेपाली नागरिक कम्तिमा एक साता काठमाडौं उपत्यकाको क्वारेन्टिनमा बस्नुपर्ने जनाएको छ ।

    आईतबार गृह–सचिव महेश्वर न्यौपानेको नेतृत्वमा बसेको क्वारेन्टिन ब्यवस्थापन समितिको बैठकले ‘उद्धार उडानबाट स्वदेश फर्किनेलाई राख्न उपत्यकामा क्वारेन्टिन निर्माण र सञ्चालन’ गर्ने निर्णय गरेको छ । चैत ४ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार उद्धार उडानबाट फर्किनेका लागि क्वारेन्टिन निर्माण, सञ्चालन तथा व्यवस्थापन प्रक्रिया शुरु गर्ने निर्णय गरिएको गृह मन्त्रालयले जनाएकाे छ ।





     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार