Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कश्मीरमा भीडन्त : तीन आतंकवादी र एक सब इन्स्पेक्टरको मृत्‍यु

    कश्मीरमा भीडन्त : तीन आतंकवादी र एक सब इन्स्पेक्टरको मृत्‍यु

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 2.8K
    SHARES

    फाइल तस्विर

    एजेन्सी। २९ देखी ३० अगस्टमा जम्मू कश्मीरको श्रीनगरमा स्थानीय पुलिस र केन्द्रीय रिजर्व पुलिस बल (सीआरपीएफ)ले गस्ती गरिरहेको बेला आतंककारीहरूसँग भिडन्त भएको छ ।

    भारतीय संचारमाध्यमका अनुसार त्यसपछि सुरु भएको मुठभेडमा जम्मू कश्मीर पुलिस र सीआरपीएफले तीन आतंकवादीलाई मारेका छन्। उक्त भिडन्तमा जम्मू कश्मीर पुलिसका सहायक सब इन्स्पेक्टर पनि मारिएका छन्।



    मुठभेड श्रीनगर जिल्लाको पन्थ चौक क्षेत्रमा भएको थियो ।  मारिएका आतंककारीहरुको शव बरामद गरिएको छ। मुठभेडमा मारिएका आतंककारीहरूबाट हतियार र गोलीहरू पनि बरामद गरिएको छ।   आतंककारीहरुको पहिचान हुन सकेको छैन।



    आतंककारीहरू बाइकमा सवार भएर आएका थिए।  जम्मू कश्मीरमा सैन्य बलले आतंककारीहरूको बिरूद्ध अभियान चलाइरहेको छ।

    पछिल्ला दुई दिनमा यो मुठभेडको तेस्रो घटना थियो। जम्मू र कश्मिरको पुलवामा जिल्लामा पनि सुरक्षा बलले आतंककारीहरुसंग अप्रेशन चलाउंदै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार