Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • लिभरपुलको प्रिमियर लिग फुटबलमा सुखद सुरुआत

    लिभरपुलको प्रिमियर लिग फुटबलमा सुखद सुरुआत

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 2.6K
    SHARES

    लन्डन । मोहमद सलाहले ह्याट्रिक गरेको खेलमा साबिक विजेता लिभरपुलले प्रिमियर लिग फुटबलमा सुखद सुरुआत गरेको छ। घरेलु मैदानमा शनिबार राति भएको लिगको आफ्नो पहिलो खेलमा लिभरपुलले नवप्रवेशी टोली लिड्स युनाइटेडलाई ४–३ गोलले हरायो।

    लिभरपुलको जितमा सलाहको ह्याट्रिकसँगै भर्जिल भान डिकले एक गोल गरे। लिड्सका लागि ज्याक ह्यारिसन, प्याट्रिक वामफोर्ड र माचेज क्लिचले गोल गरेका थिए।



    रोचक खेलमा लिभरपुलले पेनाल्टी गोलमार्फत खाता खोलेको थियो। चौथो मिनेटमा सलाहको प्रहारलाई डीबक्सभित्र लिड्सका रोबिन कक्कोले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सलाहले सदुपयोग गरेका थिए।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार