Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४८१ पुग्याे, १९ हजार ६२४ सक्रिय संक्रमित

    नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४८१ पुग्याे, १९ हजार ६२४ सक्रिय संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४८१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाको कारण मृत्यु भएसँगै मृतककाे संख्या ४८१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    साेमबार मृत्यु पुष्टि हुनेमा २ जना पुरुष र २ जना महिला छन् । हालसम्म कुल संक्रमितको शुन्य दशमलव ६५ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



    यसैबीच नेपालमा आज थप १ हजार ३५१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा ७४२ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् ।

    याेसँगै हालसम्म निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ ।

    यस्तै मन्त्रालयले दिएकाे जानकारी अनुसार देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेकाे छ । पछिल्लाे समय देशमा सक्रिय संक्रमितकाे संख्या दिनानुदिन बढीरहेकाे छ । सक्रिय संक्रमितकाे संख्या २५ हजार भन्दा बढी पुगेपछि लकडाउन हुनसक्ने सरकारले यसअघि नै चेतावनी दिएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार