Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • काठमाडाैं उपत्यकामा थपिए १५९९ काेराेना संक्रमित (जिल्लागत विवरणसहित)

    काठमाडाैं उपत्यकामा थपिए १५९९ काेराेना संक्रमित (जिल्लागत विवरणसहित)

    अनलाइन नेपाल
  • आइतबार, १८ असोज २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकमा १ हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी १५९९ जनामा काेराेना संक्रमण पुष्टि भएको जानकारी दिए ।



    उनका अनुसार आज देशभर २ हजार २५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८६ हजार ८२३ पुगेको छ ।



    यस्तै बितेको २४ घण्टामा १ हजार ३२९ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६४ हजार ६९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९  रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार