Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • ५ दिनकी बालिकासहित ७ जनाकाे काेराेनाबाट मृत्यु, मृतककाे संख्या ५३५ पुग्याे

    ५ दिनकी बालिकासहित ७ जनाकाे काेराेनाबाट मृत्यु, मृतककाे संख्या ५३५ पुग्याे

    अनलाइन नेपाल
  • आइतबार, १८ असोज २०७७
  • 2.4K
    SHARES

    फाइल तस्बिर

    काठमाडाैं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना संक्रमणबाठ मृत्यु हुनेकाे संख्या ५३५ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ जना पुरूष र ४ जना महिला रहेका छन् । यस्तै ५ दिनकी बालिकाकाे पनि काेराेना संक्रमणबाट मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ।





    यस्तै आज देशभर २ हजार २५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८६ हजार ८२३ पुगेको छ ।

    यस्तै बितेको २४ घण्टामा १ हजार ३२९ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६४ हजार ६९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९  रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार