Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काेराेनाबाट काठमाडाैंका ६ सहित १५ जनाकाे मृत्यु, मृतककाे संख्या ५७८ पुग्याे

    काेराेनाबाट काठमाडाैंका ६ सहित १५ जनाकाे मृत्यु, मृतककाे संख्या ५७८ पुग्याे

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 2.3K
    SHARES

    फाइल तस्बिर

    काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप १५ जनाकाे मृत्यु भएकाे छ ।

    पछिल्लाे २४ घण्टामा थप १५ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ५७८ पुगेकाे छ ।



    बुधबार मृत्यु पुष्टि भएका मध्ये ५ जना महिला र १० जना पुरूष रहेका मन्त्रालयले जनाएकने छ ।



    यसैबीच नेपालमा आज अहिलेसम्म कै सबैभन्दा बढी ३ हजार ४३९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै बितेको २४ घण्टामा १ हजार १२६ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार