काठमाडौं । महानगरीय अपराध महाशाखाले हत्या गरेर लुक्दै आएका एक जनालाई ३ बर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे रोसि गाउँपालिका-५ घर भइ काठमाडौंको बौद्ध बस्ने २८ वर्षिय काजी लामा भन्ने रोजकुमार लामा रहेका छन् । महाशाखाबाट खटिएको बिशेष टोलिले लामालाई बौद्धबाट मंगलबार पक्राउ गरेको हो ।
२०७४ असार ९ गते दिउँसोको साढे १ बजे कमलादीस्थित टाइम्स क्लबको पार्किङमा चेङ्गा तामाङ भन्ने व्यक्तिमाथि कुटपिट गरेका थिए ।
काजी लामासहित ५ जनाको समूहले तामाङमाथि इँट्टा, रड र हेलमेट प्रहार गरी गम्भीर घाइते बनाएका थिए । लामाले आफ्नो व्यक्तिगत रिसिभिका कारण चेङ्गा तामाङमाथि कुटपिट गरेका थिए ।
लामालाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त कमल पोखरी पठाइएको छ ।
Leave a Reply