Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चीनसँग तनाब जारी रहेकै बेला भारत र अमेरिकाबीच सैन्य सम्झौतामा हस्ताक्षर

    चीनसँग तनाब जारी रहेकै बेला भारत र अमेरिकाबीच सैन्य सम्झौतामा हस्ताक्षर

    अनलाइन नेपाल
  • मंगलबार, ११ कार्तिक २०७७
  • 3.9K
    SHARES

    नयाँ दिल्ली । एकातिर भारत र चीनबीच सीमा गतिरोध जारी छ भने अर्कोतर्फ भारत र संयुक्त राज्य अमेरिकाले  सैन्य सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    दुई देशहरूबीच मंगलबार दिल्लीमा आयोजित २ + २ बैठकमा महत्त्वपूर्ण ‘बेका’ सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार भारतले क्षेप्यास्त्र हमलाका लागि विशेष अमेरिकी डेटा प्रयोग गर्न सक्नेछ ।



    विज्ञहरूका अनुसार यस क्षेत्रमा चीनको प्रभावलाई ध्यानमा राख्दै र यसको काउन्टर गर्ने उद्देश्यका साथ भारत-अमेरिकाले सम्बन्ध सुदृढ गर्दैछ।



    अमेरिकी रक्षामन्त्री मार्क एस्पर र विदेश मन्त्री माइक पोम्पेओले मंगलबार भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेश मंत्री एस जयशंकरसँगको भेटमा सैन्य सम्झौतामा हस्ताक्षर भएको थियो।

    संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने, ‘आज हामी युद्ध स्मारक गएका थियौँ, हामीले ती वीर जवानप्रति श्रद्धाञ्जलि अर्पण ग¥यौँ जसले भारतका लागि आफ्नो प्राण दिए । उनीहरुमा ती २० जवान पनि सामेल थिए जसलाई गलवानमा चीनले मारेका थियो । भारत आफ्नो अखण्डताका लागि तमाम खतरासँग लडिरहेको छ र हामी भारतको साथ छौँ ।’

    भारतीय रक्षामन्त्री राजनाथ सिंहले  भारत र अमेरिकाबीच सैन्य सहयोग बढ्दै गएको वताए । समुद्री क्षेत्रमा सहयोगका लागि छलफल भएको पनि उनले उल्लेख गरे ।  सम्प्रभुताका समर्थक हौँ ।

    अमेरिकी रक्षामन्त्री मार्क एस्परले  भारतसँग साइबर र अन्तरिक्ष वार्ताबारे चर्चा  गरेका थिए ।  रक्षा प्रविधि सहयोग अन्तर्गत हामीले हेलिकप्टर र लडाकु विमानका सम्बन्धमा छलफल भएको उनको भनाइ थियो ।

    अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले  दुवै देशबीच सहयोग लगातार मजबुत भइरहेको भारत र अमेरिका केवल चीनमात्र नभई हरेक खतराविरुद्ध आपसी सहयोग मजबुत तुल्याउन कदम बढाइरहेको जनाए ।

    भारतीय विदेशमन्त्री एस जयशंकरले  अमेरिकासँग ‘ग्लोबल स्ट्रेटेजिक पार्टनरशीप’ बारे छलफल भएको र दुवै देशले ‘क्रस बोर्डर आतंकवाद’ स्वीकार्य छैन भन्ने कुरालाई आत्मसात् गरेको उल्लेख गरे । एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार