Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • शुक्रबार थपिए ३५ सय १७ काेराेना संक्रमित, ४ हजार ९६ जना डिस्चार्ज

    शुक्रबार थपिए ३५ सय १७ काेराेना संक्रमित, ४ हजार ९६ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ३ हजार ५१७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।



    यस्तै बितेको २४ घण्टामा ४ हजार ९६ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् ।

    याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९२० पुगेको छ।

    हिजाे बिहीबार २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार