Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मंगलबार ३१ सय १४ कोरोना संक्रमित थपिदा ३ हजार १४२ जना डिस्चार्ज

    मंगलबार ३१ सय १४ कोरोना संक्रमित थपिदा ३ हजार १४२ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, १८ कार्तिक २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    यस्तै बितेको २४ घण्टामा ३ हजार १४२ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४ पुगेको छ।

    हिजो सोमबार २ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार