Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेकपा विवाद: सकियो ओली-प्रचण्ड छलफल, सचिवालय बैठक अनिश्चिति

    नेकपा विवाद: सकियो ओली-प्रचण्ड छलफल, सचिवालय बैठक अनिश्चिति

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । पछिल्लाे केहि दिन यता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चर्किएकाे छ।

    साेही आन्तरिक विवादलाइ मिलाउन नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। दुई अध्यक्षबीच झण्डै एक घण्टा छलफल चलेको थियो ।



    आजको बैठकमा पनि नेकपाका दुई अध्यक्षबीच सचिवालय बैठक बोलाउने विषयमा कुराकानी भएको स्रोतले बताएको छ। प्रचण्डको बैठक बोलाउने प्रस्तावमा प्रम ओली सकारात्मक हुन नसकेको बताइन्छ । योसँगै सचिवालय बैठक अनिश्चित भएको छ।



    यस्तैगरी प्रम ओलीको पछिल्ला अभिव्यक्ति र प्रदेश १ मा चालिएको गतिविधि बारेमा पनि प्रचण्डले प्रश्न गरेको खुमलटार स्रोतको दावी छ । प्रचण्डले प्रम ओलीलाई यी गतिविधिले पार्टी एकताका असर पर्ने बताएको र प्रम ओलीले आफूलाई घेराबन्दीमा पारेको भन्दै असन्तुष्टि जनाएको पनि ती स्रोतले बताए । यसअघि शनिबारको बैठकबाट पनि पार्टीमा जारी विवादमा समाधानको प्रगती हुन सकेको थिएन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार