Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रचण्डले बोलाएको बैठकमा बहुमत पुग्यो, नेकपा विभाजनतिर !

    प्रचण्डले बोलाएको बैठकमा बहुमत पुग्यो, नेकपा विभाजनतिर !

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको बैठकमा बहुमत पुगेको छ ।

    हिजो प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता सकारात्मक नभएपछि आज पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डले डाकेको सचिवालयको अनौपचारिक बैठकमा ५ जना सचिवालय सदस्य उपस्थित छन् ।



    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्रीसमेत रहेका इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अनुपस्थित छन्।



    बैठकमा अहिले पार्टी अध्यक्ष दाहाल, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नेता वामदेव गौतम र पार्टी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।

    नौं सदस्यीय नेकपा सचिवालयका ५ जना सदस्य बैठकमा सहभागी भएसँगै प्रचण्डलाई बहुमत प्राप्त भएको हो ।

    ओलीले दुई अध्यक्षबीच सहमति भएपछिमात्रै बैठक बोलाउने जनाएका छन् भने दाहाल पक्षधरले तुरुन्दै बैठक बोलाउनुपर्ने माग गर्दै आएका थिए ।

    आजको बैठकमा बहुमत प्राप्त भएसँगै कतै नेकपा फुटको संघारमा पुगेको त होइन् भन्ने आशंका उत्पन्न भएको छ । अझ गृहमन्त्री बादल समेत बैठकमा उपस्थित हुने बताइएको थियो । तर, एकाएक उनी बैठकमा सहभागि हुन भने पुगेका छैनन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार