Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न सिफारिस

    नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 4.5K
    SHARES

    तस्बिर रासस

    काठमाडौं । नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले सिफारिस गरेको छ ।

    आइतबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।



    केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटनलगायतका पर्यटन गतिविधि खुला गर्ने पनि सीसीएमसीको प्रस्ताव छ । बैठकले कोरोना महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेकाहरुको उद्धार अन्त्य गर्ने निर्णय पनि गरेको छ ।



    सीसीएमसी सदस्य सचिव महेन्द्र गुरागाईंका अनुसार हालसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार भएको छ । उनले भने, ‘कूटनीतिक नियोगहरुबाट उद्दार गर्न जरुरी भएकाहरुको संख्या लगभग सकिएको र कोही भए नियमित उडानमा समावेश गर्न सकिने त्यसअनुसार नै निर्णय भएको छ ।’

    सीसीएमसीले विदेशबाट आउन खुला रहने अन्तर्राष्ट्रिय सीमा नाकामा बैतडीको झुलाघाटलाई पनि थप्न सिफारिस गरेको छ ।

    साथै कूटनीतिक नियोगका कर्मचारीका परिवारलाई नेपाल आउन दिने निर्णय भएको छ । सीसीएमसीका सचिव गुरागाईंका अनुसार संक्रमणको पछिल्लो अवस्थाबारे विश्लेषण गरेर शैक्षिक संस्थाहरु खुला गर्ने वा नगर्ने निर्णयमा पुग्ने समेत छलफल भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार