Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रहरीकै अगाडि आँखा छलेर कारागारबाट कैदी फरार

    प्रहरीकै अगाडि आँखा छलेर कारागारबाट कैदी फरार

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 2.5K
    SHARES

    फाइल तस्बिर

    बझाङ। सुरक्षाकर्मीकै अगाडि आँखा छलेर जिल्ला कारागारबाट एकजना कैदी फरार हुन सफल भएका छन् ।

    बुधबार जिल्लाको सदरमुकाम चैनपुरमा रहेको कारागारबाट छविस पाथिभेरा गाउँपालिका- ५ का प्रवीण धामी फरार भएको कारागारले जनाएको छ ।



    उनी ८ कात्तिकमा पक्राउ परेका थिए ।



    राष्ट्रिय सार्वजनिक सम्पदाविरुद्धको कसुरमा सजाय भोगिरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेसन कक्षबाट फरार भएका हुन ।

    धामीलाई कोरोना पजिटिभ देखिएकोले कारागारको आइसोलेसन कक्षमा राखिएको थियो ।

    धामीलाई प्रहरीले तिब्र रुपमा खोजिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार