Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सांसद विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद्को निर्णय

    सांसद विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद्को निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 2.8K
    SHARES

    काठमाडाैं । सरकारले कोरोना संक्रमित नेपाली कांग्रेस सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेकाे छ ।

    बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले विश्वकर्माको उपचारकाे सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।



    श्वासप्रश्‍वासमा समस्या देखिएपछि वीर अस्पताल भर्ना भएका सांसद विश्वकर्माको अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।



    कात्तिक ८ गते वीर अस्पताल भर्ना भएका उनमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि उनलाई कात्तिक १२ गते ग्रान्डी अस्पताल भर्ना गरेर भेन्टिलेटरमा राखिएको थियाे ।

    विश्वकर्मालाई थप उपचारका लागि विदेश लैजान प्रमुख प्रतिपक्षी कांग्रेसले आग्रह गरेको थियो । तर, कोरोना संक्रमित भएको र भेन्टिलेटरमा राखेर उपचार गराइरहेको भन्दै नेपालमा नै उपचार भइरहेको हो । उनलाई ६ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार