Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारती र हर्षलाई १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

    भारती र हर्षलाई १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

    अनलाइन नेपाल
  • आइतबार, ७ मंसिर २०७७
  • 2.3K
    SHARES

    काठमाडाैं । भारतीय चर्चित हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिंबाचियालाई अदालतले १४ दिनको न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरूलाई लागुऔषध प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो ।

    अदालतले दुवैजनालाई आगामी डिसेम्बर ४ सम्मका लागि थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।



    भारतीय सञ्चार माध्यमहरुका अनुसार नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले शनिबार भारतीको घरमा छापमा मार्दा गाँजा बरामद गरेको थियो । उनीहरुले आफूहरुले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।



    एनसीबीले शनिबार नै भारतीलाई पक्राउ गरेको थियो भने हर्षलाई आइतबार बिहान पक्राउ गरेको थियो ।

    उनीहरुविरुद्ध नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्स्टेन्सन (एनडीपीएस) कोर्टमा मुद्दा चलाइएको भारतीय सञ्चार माध्यमले खबर लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार