Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारती सिंह र उनका श्रीमान् जमानतमा रिहा

    भारती सिंह र उनका श्रीमान् जमानतमा रिहा

    अनलाइन नेपाल
  • मंगलबार, ९ मंसिर २०७७
  • 4.3K
    SHARES

    एजेन्सी । हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ ।

    दुबैलाई १५–१५ हजार जमानत लिएर छाडिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।



    फिल्म र टिभी जगतका विभिन्न हस्तीलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सोधपुछ गरिरहेको छ । एनसीबीले नयाा सिलसिलामा चर्चित व्यक्तिहरुको घरमा छापामारी पनि गरिरहेको छ । यसमा अब ताजा नाम चर्चित हास्यकलाकार भारती सिंहको नाम जोडिएको छ ।



    भारती सिंहलाई एनसीबीले शनिबार मुम्बईमा उनको घरबाट पक्राउ गर्यो । एनसीबीका अनुसार उनको घर र प्रोडक्सन हाउसमा गरिएको छापामारीमा ८६.५ ग्राम गाँजा भेटिएको थियो ।

    विभागका अधिकारीको दाबी अनुसार भारती सिंह र उनका श्रीमानले गाँजा सेवन गर्ने गरेको कुरा स्विकारेका छन् । भारती सिंहका साथै उनका श्रीमान् हर्ष लिम्बाचियालाई पनि पक्राउ गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार