Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अनुमती विना कतार प्रहरीमा भर्तीका लागि अन्तर्वार्ता लिने तीन वटा म्यानपावरको कारोबार रोक्का

    अनुमती विना कतार प्रहरीमा भर्तीका लागि अन्तर्वार्ता लिने तीन वटा म्यानपावरको कारोबार रोक्का

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 5.1K
    SHARES

    काठमाडौं । वैदेशिक रोजगार विभागले अनुमती विना कतार प्रहरीमा भर्तीका लागि अन्तर्वार्ता लिने तीन वटा म्यानपावरको कारोबार रोक्का गरेको छ ।

    विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का गरेको हो ।



    नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले यी म्यानपावरको कारोबार रोक्का गरिएको जानकारी दिएको छ ।



    कतारले वैदेशिक रोजगार ऐनविपरीत कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता लिन थालेपछि वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूमा छापा मारेको थियो ।

    नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले सोमबार र मंगलबार एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलमा छापा मारेको थियो ।

    यता, नेपालस्थित कतारको राजदूतावासले विज्ञप्ति नै जारी गरी कतार पुलिसको भर्ना प्रक्रियामा संलग्न नरहेको जानकारी गराए पनि होप इन्टरनेसनलमा कतारी दूतावासको कूटनीतिक सवारीसाधनसमेत भेटिएको थियो।

    कतारको आन्तरिक मन्त्रालयको मानव संसाधन विभागले अपारदर्शी ढंगबाट छनोट गरिएका म्यानपावर कम्पनीमार्फत जम्मा पारिएका युवासँग सोमबारै अन्तर्वार्ता लिन सुरु गरेको थियो ।

    अन्तर्वार्ता लिन कतारका कर्णेलको नेतृत्वमा टोली काठमाडौंमा आएको छ ।

    अन्तर्वार्ता लिन नेपाल आउनुअघि प्रहरीका ती अधिकारीको टोली गत बुधबार कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजसँग समन्वयका लागि आग्रह गर्दै दूतावास पुगेको थियो ।

    उनीहरूले त्यतिखेर नै भारद्वाजले मागपत्र प्रमाणीकरण नभई अन्तर्वार्ता लिन नमिल्ने जानकारी गराएका थिए ।

    तर, होप इन्टरनेसनलमा कतारी दूतावासको कूटनीतिक सवारी साधन कसरी पुग्यो भन्ने खोजविनको विषय बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार