Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कतार प्रहरीको नाममा १५ लाखसम्म असुली गर्ने अल ताक्वेत ओभरसिजमा विभागको छापा

    कतार प्रहरीको नाममा १५ लाखसम्म असुली गर्ने अल ताक्वेत ओभरसिजमा विभागको छापा

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 1.7K
    SHARES

    काठमाडौं ।  कतार प्रहरीमा जागिर लगाइदिने भन्दै अल ताक्वेत ओभरसिज नामक म्यानपावर कम्पनीले गैरकानूनी रुपमा प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँसम्म ठगी गरेको सार्वजनिक भएपछि   वैदेशिक रोजगार विभागले छापा मारेको छ । कतार प्रहरीमा भर्ना खुलेको भन्दै विज्ञापन निकाल्ने अल ताक्वेत ओभरसिजमा विभागले छापा मारेको हो ।

    विभागका निर्देशक डम्बर बहादुर सुनुवारका अनुसार अल मेनपावरबाट विज्ञापनसम्बन्धी महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिइएको हो ।  ओभरसिजको नाममा साउन २५, भदौ १ र २ गते अन्तर्वार्ताको मिति समय तय गरिएको थियो ।



    अल मेनपावरले विभिन्न व्यक्तिहरुबाट १५ लाख रुपैयाँसम्म उठाइरहेको भन्ने सूचना आएपछि छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिइएको निर्देशक सुनुवारले बताए । अन्तर्वार्ताको लागि होटल हायातामा हल बुकिङ गरिएको थियो ।



    अल ताक्वेत म्यानपावरका सञ्चालक अमित श्रेष्ठले ‘नक्कली विज्ञापन’ प्रकाशित गरेर प्रतिव्यक्ति १० देखि १५ लाखसम्म रकम उठाइरहेका थिए । जबकी सरकारले कतार प्रहरीमा निशुल्क पठाउने निर्णय गरेको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर यसबारेमा जानकार भएपनि उनले अहिलेसम्म केही बोलेका थिएनन् ।

    गत वर्ष अल ताक्वेत ओभरसिजमाथि ठगीको आरोप लागेपछि वैदेशिक रोजगार विभागले कतार प्रहरीको माग नलिने निर्णय गरेको थियो । कतार प्रहरीको आर्थिक चलखेलमा तत्कालिन श्रममन्त्री किसान श्रेष्ठदेखि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणासम्म मुछिएका थिए । विचौलियाहरुले आरजुका भाइ भुषण राणाको नाम लिएर सेटिङ मिलाएको दावी गर्दै आएका छन् ।

    स्रोतका अनुसार युवाहरुबाट गैरकानूनी रुपमा उठाएको रकम श्रममन्त्री शेरबहादुर कुँवरसम्म पुर्याएको दाबी गरे पनि मन्त्री निकट स्रोतले भने अस्वीकार गरेको छ ।

    गत वर्ष माग नै रद्ध भएपछि यस वर्ष भने रकम बढाएर २ सय युवाबाट ३० करोडसम्म रकम उठाउने योजनासहित श्रेष्ठको समूह लागि परेको स्रोतको दावी छ । श्रेष्ठकै समूहले ठगीको आरोपमा पटक–पटक कारबाहीमा पर्दै आएको शिखर म्यानपावर पनि सञ्चालन गरिरहेको छ ।

    श्रेष्ठ चोरीको बिएमडब्लु गाडी खरिद बिक्रीमा पनि मुछिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार