Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • १०४४ जनामा काेराेना संक्रमण हुँदा १२७१ जना डिस्चार्ज

    १०४४ जनामा काेराेना संक्रमण हुँदा १२७१ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, २६ मंसिर २०७७
  • 4.4K
    SHARES

    काठमाडौं । नेपालमा आज थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा १ हजार २७१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।



    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    यस्तै हिजाे नेपालमा १ हजार २१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार