Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सरकारले दियाे रात्रिकालीन व्यवसाय खोल्न अनुमति

    सरकारले दियाे रात्रिकालीन व्यवसाय खोल्न अनुमति

    अनलाइन नेपाल
  • मंगलबार, ३० मंसिर २०७७
  • 4.6K
    SHARES

    काठमाडौँ । सरकारले रात्रिकालीन व्यवसाय खोल्न अनुमति दिएकाे छ। झन्डै नौ महिनादेखि बन्द रात्रिकालीन व्यवसाय सर्तसहित सञ्चालन गर्न सरकारले अनुमति दिएको हाे ।

    हरेक वर्ष डिसेम्बर २५ मा नेपालसहित विश्वभर इसाई धर्मावलम्बीले क्रिसमस मनाउँछन् । यस दिन उपत्यकाका ठमेल, दरबारमार्ग, पाटनसहित प्रमुख सहर तथा पर्यटकीय क्षेत्र आसपासका होटल/रेस्टुराँ, डान्सबारलगायतमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो हुन्छ ।



    विश्वव्यापी कोरोना महामारीको असर नेपालमा पनि देखिन थालेपछि २०७६ चैत ११ गतेबाट लकडाउन घोषणा गरिएको थियो । त्यसपछि बन्द रहेका रात्रिकालीन व्यवसायमा (होटल/रेस्टुराँ, डान्स/दोहोरी/क्लब, लाउन्जबार, डिस्कोथेक, बर्गरसपलगायत) कुल क्षमताको ५० प्रतिशत मानिस मात्रै राख्न पाउने गरी सञ्चालन अनुमति दिइएको हो ।



    त्यस्तै, अंग्रेजी नयाँ वर्ष आउन करिब दुई साता मात्रै बाँकी छ । यसलाई समेत मध्यनजर गर्दै आवश्यक सर्त र बन्देजभित्र रहेर रात्रि व्यवसाय सञ्चालनका लागि सरकारले स्वीकृति दिएको हो । यस्ता व्यवसाय सञ्चालनका लागि अनुमति माग्दै मंसिर १७ गते व्यवसायी र कर्मचारीले काठमाडौंमा प्रदर्शनसमेत गरेका थिए ।

    व्यवसाय सञ्चालनका क्रममा सर्त उल्लंघन गरेको पाइए स्थानीय प्रशासनले व्यवसाय सञ्चालनमा रोक लगाउनुका साथै संक्रामक रोग ऐन २०२० अनुसार सञ्चालकलाई कैद र सजायसमेत गर्न सक्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार