Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सरकारले रात्रिकालीन व्यवसाय बन्द गरे प्रतिकार गर्ने व्यवसायीहरुको चेतावनी

    सरकारले रात्रिकालीन व्यवसाय बन्द गरे प्रतिकार गर्ने व्यवसायीहरुको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नयाँ भेरियन्टको कोरोना संक्रमणले जोखिम बढेको भन्दै सरकारले स्कुल, कलेजदेखि होटल, रेष्टुरेन्ट र डान्स बारलगायत मनोरञ्जनका भीडभाड हुने क्षेत्रमा रोक लगाएको छ।

    तर दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले तत्काल रात्रिकालीन व्यवसाय बन्द नगराउन सरकारलाई आग्रह गर्दै सरकारको निर्णयप्रति व्यवसायहरुले भने आपत्ति जनाएका छन् ।



    गत सोमबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारले रात्रिकालीन व्यवसाय, रेष्टुरेन्ट, क्लब, दोहोरी साँझ तथा डान्स बारहरु केही समयका लागि पूर्णतः बन्द गर्ने निर्णय गरेको हो ।



    तर, सरकारको उक्त निर्णयप्रति व्यवसायीहरुले विरोध जनाउँदै पत्रकार सम्मेलनमार्फत् सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन्।

    व्यवसाय बन्द गरेरमात्र कोभिड–१९ को रोकथाम तथा नियन्त्रण नहुने भन्दै समितिले स्वास्थ्य सुरक्षाको अधिकतम उपाय अपनाएर व्यवसाय खुला गर्न सरकारसँग माग गरेको छ ।

    उनीहरुले सरकारले जबरजस्ती व्यवसाय बन्द गर्न खोजे त्यसको प्रतिकार गर्ने समेत जनाएका छन् ।

    ‘कोरोनाको विकल्प बन्दमात्र होइन । आवश्यक स्वास्थ्य सुरक्षा र सावधानी अपनाएर काम गर्न पाउनुपर्छ । अहिलेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईका साथ पालन गराएर सबैखाले व्यवसाय खोल्न दिन सरकारसँग माग गर्दछु,’ रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले भने।

    यस्तै राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले पनि सरकारले आवश्यक स्वास्थ्य सुरक्षा र सावधानी अपनाएर व्यवसाय संचालन गराउनु पर्ने माग रहेको छ।

    पर्यटन बोर्डले भने आवश्यकता र परिस्थितिको बाध्यतालाई मनन् गर्दै व्यवसायीहरुले सरकारको निर्णयलाई आत्मसात् गर्नुपर्ने बताएको छ ।

    तर, सरकारले भने अर्को निर्णय नभएसम्म सार्वजनिक स्थलहरुमा अधिकतम ५ जनाभन्दा बढी जमघट, भेला नहुन र सामूहिक पार्टी, सभा सम्मेलन तथा विवाहजस्ता सामाजिक कार्यक्रमहरुमा अधिकतम २५ जनाभन्दा बढीको उपस्थिति हुन सार्वजनिक अपिल गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार