Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट

    ७८२ जनामा संक्रमण पुष्टि हुँदा १ हजार २९ जना डिस्चार्ज, १६ जनाकाे मृत्यु

    ७८२ जनामा संक्रमण पुष्टि हुँदा १ हजार २९ जना डिस्चार्ज, १६ जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३ पुष २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा १ हजार २९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ ।



    नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।



    यस्तै हिजाे नेपालमा ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार