Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद् मार्फत संसद विघटन गर्न सिफारिस

    प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद् मार्फत संसद विघटन गर्न सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।

    आइतबार विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।



    बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको  बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।



    यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो ।

    तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

    प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए ।

    तर, प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार