Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गर्नेको लर्को

    ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गर्नेको लर्को

    अनलाइन नेपाल
  • बुधबार, ८ पुष २०७७
  • 4.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य पदत्याग गर्नेहरुको लहर नै चलेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको बैठकले ११ सय १९ केन्द्रीय सदस्य बनाउने निर्णय गरी ५५६ जना मनोनीत गरेको थियो ।

    ओली नेकपाले १९७ जना केन्द्रीय सदस्य अझै मनोनीत गर्न बाँकी नै छ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधि आफ्नो पक्षमा पार्नका लागि ओलीले जम्बो केन्द्रीय कमिटी बनाएका छन् ।



    ओलीकै जिल्ला झापाका प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकीले आफूलाई नसोधी बालुवाटारले केन्द्रीय सदस्य बनाएकोमा आपत्ति जनाएका छन् ।



    नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले पनि सरकारी नेकपाको केन्द्रीय सदस्य अस्वीकार गरेका छन् । ताप्लेजुङबाट २ पटक संविधानसभा सदस्य निर्वाचित डम्बरध्वज तुम्बाहाङ्फेले पनि ओली नेतृत्वको नेकपाको केन्द्र्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

     प्रदेश १ सरकारकी सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले पनि सरकारी नेकपाको केन्द्रीय सदस्य बन्न अस्वीकार गरेकी छन् । प्रेस चौतारीका पूर्वअध्यक्ष गगन बिष्टले पनि केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

    नवलपरासी पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य भगवतीदेवी भण्डारी, सोही जिल्लाका पुराना कम्युनिस्ट नेता बृहस्पति अधिकारी, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीलगायतले ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार