Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली

    मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • शुक्रबार, १० पुष २०७७
  • 3.1K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । नेकपा विभाजन भएर दुई खेमामा बाँडिएपछि ओलीले मन्त्रिपरिषद्लाई नयाँ अनुहारहरूलाई सामेल गर्न लागेको उनी निकट नेताहरुले बताएका छन् । नेकपाको ओलीपक्षका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार सरकारको पहिलो काम मन्त्रिषरिषद् विस्तार हुने बताएका थिए ।

    प्रधानमन्त्री ओलीनिकट केन्द्रीय सदस्य गोकुल बास्कोटाले प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको बताएका छन् । ‘मन्त्रिपरिषद् विस्तार गर्ने कुरा प्रधानमन्त्रीको कुरा हो । आजै वा भोलिसम्ममा विस्तार हुनेगरी तयारी छ,’ बास्कोटाले भने ।



    ओलीनिकट अर्का एक नेताले पनि विस्तारको गृहकार्य भइरहेको बताए । शुक्रबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ ।



    नेकपा विभाजनको संघारमा रहँदा पुष्पकमल दाहाल र माधव नेपाल पक्षमा रहेका ७ जना मन्त्रीले राजीनामा दिएका छन् । त्यही ठाउँमा ओलीले नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । उनी निकट स्रोतका अनुसार पुनर्गठनमा दाहाल पक्षबाट आफूतिर आएका टोपबहादुर रायमाझीलगायतका केही नेतालाई मन्त्री बनाउने तयारी ओलीको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार