काठमाडाैँ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।
आइतबार तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन घटेर सोमबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार तेजावी सुन तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच सोमबार चाँदीको मूल्य पनि घटेको छ ।
आइतबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १२३० रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Leave a Reply