Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • निर्वाचन आयोगले हामीलाई नै आधिकारिकता दिन्छ: माधव नेपाल

    निर्वाचन आयोगले हामीलाई नै आधिकारिकता दिन्छ: माधव नेपाल

    अनलाइन नेपाल
  • सोमबार, २७ पुष २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगले आफूहरुलाई नै आधिकारिकता दिने दावी गरेका छन् ।

    ‘निर्वाचन आयोगले कुनै व्यक्तिको लहडमा नचल्ने बताएको छ । आयोगले ४४१ जनाको केन्द्रीय कमिटी र पार्टीको विधानअनुसार निर्णय गर्नेछ’, सोमबार राजधानीमा आयोजित बृहत् नागरिक भेलामा बोल्दै नेपालले भने ।



    निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षलाई पठाएको पत्र बारे स्पष्ट पार्न उनीहरु आजै निर्वाचन आयोग पुगेका थिए । नेकपाको प्रचण्ड–माधव र ओली समूहले पार्टीको आधिकारीकताका लागि निर्वाचन आयोगमा दावी प्रस्तुत गरेका छन् । सोही बीचमा प्रचण्ड र नेपाललगायतका नेताहरु आयोग पुगेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार