Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ओलीले आफ्नो परिवारको राजनीतिक हिंसा गरेको रेनुको दाबी

    ओलीले आफ्नो परिवारको राजनीतिक हिंसा गरेको रेनुको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, ९ माघ २०७७
  • 3K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा विघटनपछि दुई खेमामा पुगेको प्रधानमन्त्री केपी शर्मा अ‍ोली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने पछिल्ला कार्यक्रमहरुमा एक अर्कामाथि चर्को आलोचना र कटाक्ष हुँदै आएको छ ।

    प्रधानमन्त्री ओलीका कटाक्षले भरतपुर महानगरपलिकाकी मेयर रेनु दाहालले चित्त दु:खाएकी छन्।



    ओलीले नेकपा  प्रचण्डलाई सन्तान र नातागोताको विम्ब प्रयोग गर्दै कटाक्ष गरेका हुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफूहरुमाथि राजनीतिक हिंसा भएको बताएकी छिन् ।



    रेनुले प्रधानमन्त्रीबाट छोराछोरीको नाममा पटक-पटक भएको व्यक्तिगत र राजनीतिक हिंसाप्रति आपत्ति जनाएकी हुन् ।

    उनले उनले प्रधानमन्त्रीलाई सोधेकी छन्, ‘तपाईले जन्माएका छोराछोरी छैनन् भन्दैमा फेरि तपाईले के,आफ्नो गुट आसेपासे र साईबर सेनामा भर्ती भएकालाई भन्दा बढ्ता कसलाई के गर्नु भएको छ ? आफ्नो इच्छालाई त्यागेर जीवनभर जनताको हितमा समर्पित हुनु कमजोरी हो ?  भन्दै प्रश्न गरेकी छिन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार