Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ओलीका गलत कामलाई राष्ट्रपतिले सदर गरेपछि दलहरुबीच सहमति गराउन उपराष्ट्रपति सक्रिय

    ओलीका गलत कामलाई राष्ट्रपतिले सदर गरेपछि दलहरुबीच सहमति गराउन उपराष्ट्रपति सक्रिय

    अनलाइन नेपाल
  • शनिबार, १० माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी ओलीका असंवैधानिक कदमलाई संरक्षण दिएका कारण उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले राजनीतिक सहमतिको पहल थालेका छन् ।

    ओलीका हरेक गतिबिधी अहिले देशलाई मुठभेडको दिशातर्फ लैजान केन्द्रित छन् । ओलीले गरेका जुनसुकै सिफारिसलाई पनि राष्ट्रपति भण्डारीले आँखा चिम्लिएर सदर गर्दै आएकी छन् ।



    राष्ट्रपति पदको गरिमा र संविधानको संरक्षकको भूमिका नै पूरा नगरी ओलीले संविधान बिपरीत गरेको प्रतिनिधिसभा बिघटनलाई तत्कालै भण्डारीले सदर गरेकी थिइन । जसका कारण भण्डारीले राष्ट्रपतिको भूमिकाको सर्बत्र आलोचना भइरहेको छ ।



    दलहरुसँग परामर्श समेत नगरी प्रतिनिधिसभा भंग गर्ने राष्ट्रपतिको भूमिका सरकारको कारिन्दामा सीमित हुँदै गएको टिप्पणी हुन थालेको छ ।

    तर, उपराष्ट्रपति पासाङले भने मुलुक मुठभेडतर्फ जान लागेको बेला दलहरुबीच सहमति कायम गराउनका लागि शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र जनता समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईलाई बोलाएर छलफल सुरु गरेका छन् ।

    नेकपा प्रचण्ड माधव समूह र जसपाका डा. बाबुराम भट्टराईबीचको छलफल दलहरुबीच ओलीको असंवैधानिक कदमको बिरुद्ध संयुक्त रुपमा जानका लागि भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार