Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • उधौली र यःमरि पुन्हिको अवसरमा उपराष्ट्रपति पुनद्वारा शुभकामना व्यक्त

    उधौली र यःमरि पुन्हिको अवसरमा उपराष्ट्रपति पुनद्वारा शुभकामना व्यक्त

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 582
    SHARES

    फाइल फोटो

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले किराँत समुदायको महान् चाड उधौली र नेवारी समुदायको यःमरि पुन्हिका अवसरमा देश तथा विदेशमा रहेका सबैलाई सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

    उनले आज जारी गरेको शुभकामना सन्देशमा किराँत समुदायको महान् चाड उधौली र नेवार समुदायको महत्वपूर्ण चाड यःमरि पुन्हि पर्वको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका हुन्।



    शुभकामना सन्देशमा भनिएको छ,’उधौली र यःमरि पुन्हिले किराँत र नेवार लगायतका समुदायमा उत्साह र उमङ्ग थप्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धनमा योगदान पुर्‍याओस्, सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ् बनाउँदै समृद्धिको मार्गमा अघि बढ्न हामी सबैलाई ऊर्जा प्रदान गरोस्, उधौली र यःमरी पुन्हिको हार्दिक शुभकामना।’



    सन्देशमा अब छिट्टै सङ्घ तथा प्रदेशमा सरकार बन्ने र ती सरकारहरुले विकास एवं समृद्धिको अभियानको नेतृत्व गर्दै समृद्धिको जनचाहना साकार पार्ने विश्वास व्यक्त गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार