Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • जुवाखालबाट लेखापालसहित ६ जना जुवाडे पक्राउ

    जुवाखालबाट लेखापालसहित ६ जना जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    बाग्लुङ । जिल्लाको निसी खोला गाउँपालिकाका लेखापाल खगेन्द्र बुढा मगरसहित छ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

    शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गस्तीमा रहेका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । रातको समयमा तास खेलिरहेको अवस्थामा भेटेपछि राति १२ः३० बजेको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



    निसी खोला गाउँपालिका–२ जुग्गा खोलामा तास खेलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेका थिए ।



    उनीहरुबाट प्रहरीले  २३ हजार बरामद गरेको छ । पक्राउ पर्नेमा लेखापाल बुढामगरसहित रेशम छन्त्याल, रोशन छन्त्याल, कोपील भन्ने गमबहादुर केसी, मोहन बस्नेत र खगेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।

    थप अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइँदै गरेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार