Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विप्लवका नेता भेट्न कारागार पुगे खानेपानी मन्त्री

    विप्लवका नेता भेट्न कारागार पुगे खानेपानी मन्त्री

    अनलाइन नेपाल
  • मंगलबार, २० माघ २०७७
  • 3K
    SHARES

    काठमाडौं । खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका छन् । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा मंगलबार बिहान नख्खु कारागार पुगेका थिए ।

    कारागार स्रोतका अनुसार मन्त्री थापा कारागारको खानेपानी सम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुगेका थिए । त्यसक्रममा उनले कारागारको निरीक्षण गरे । र, विप्लव नेता वलीसँग संवाद गरे ।



    काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली नख्खु जेलमा छन् । संसद विघटनपछि प्रधानमन्त्री केपी ओलीले पूर्वमाओवादीको समर्थन जुटाउने कोषिश गरेका छन् । यही प्रयासमा पूर्वमाओवादी पृष्ठभूमिका नेता थापाले सुदर्शन भेटेका हुन् ।



    ९ चैत २०७५ मा काभ्रेबाट पक्राउ पर्नुअघि वली भूमिगत विप्लव समूहका मध्यकमाण्ड इञ्जार्च थिए । उनलाई महानगरीय अपराध महाशाखाले नख्खुमा एनसेल प्रा।लि।को मुख्यालय अगाडि भएको विष्फोटमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।

    जिल्ला अदालत, ललितपुरले उनलाई १० वैशाखमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । र, उनलाई नख्खु कारागार चलान गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार